‘जानी नजानी’ को कभर भिडियो प्रतियोगिता

शर्मिला गुरुङ

काठमाडौं, २४ माघ : चैत्र १ बाट रिलिज हुने फिल्म ‘जानी नजानी’ को सार्वजनिक गरिएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर… ’ कभर भिडियो घोषणा गरेको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो ।

सार्वजनिक गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको संगीत र दुर्गा खरेल र अर्जुन पोखरेल स्वयमको स्वर रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यु नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ ।
यो गीतको कोभर भिडियो कम्तीमा एक मिनटको हु्नु पर्नेछ । त्यो भन्दा माथि चार मिनटसम्मको भए पनि फरक नपर्ने यसको निर्माता रोशनी केसीले बताईन्।

‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।’ यो चलचित्रका निर्देशक बसन्त अधिकारीले भने,‘भिडियो यही २० फागुनभित्र वबलष्लबवबलष्द्दण्ज्ञड२नmबष्।िअयm मा पठाईसक्नु पर्नेछ ।’

यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफल नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वस आफुले गरेको उनले बताए । अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफुहरुसँग जोडिन सघाउने बताए ।

निर्माता रोशनीका अनुसार फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसैफिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

प्रतिक्रिया