जान्नुहोस, दुधसंग के-के खानु हुदैन ?

रिता घिसिंग

एजेन्सी : दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छन । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हड्डी बलियो बनाउँछ । तर दूधसँग गलत खानेकुरा खानुभयो भने त्यसले विषको काम गर्छ । जान्नुहोस, दुधसंग के-के खानु हुदैन ?

सुन्तला, अंगुर र कागती दूध पिउनेबित्तिकै केही मानिस सुन्तला वा कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूध फटाइदिन्छन् । यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ ।

अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ । मासु दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ । पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ ।

माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ । नून दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन् ।

प्रतिक्रिया