जापानमा एक नेपालीको निधन

रिता घिसिंग

टोकियो : जापानको पार्कमा घुम्न गएका एक नेपालीको निधन भएको छ । बाग्लुङ घर भई हाल जापानको साइतामा खावागोयामा रेष्टुरेन्ट सञ्चालन गर्दे आएका ५३ वर्षीय हितराज कंडेलको आइतबार हृदयघातका कारण ज्यान गएको हो ।

उनी स–परिवार जापानमा बस्दै आएका थिए । उनका श्रीमती र ३ छोरा छन् । आइतबार मध्यान्ह आफू बस्दै आएको खावागोय नजिकैको पार्कमा पार्कमा घुम्न गएको बेला हृदयघात हुँदा ज्यान गएको बिहुँकोट समाज जापानले जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगिएको थियो तर चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू