जेनिफर लोपेजले गरिन् छैठौ पटक इन्केजमेन्ट, प्रेमी एलेक्सले लगाईदिए औठी [फोटो फिचर]

मनिषा थापा

पिएनपिखबर : जेनिफर लोपेजले आफ्नो प्रेमी एलेक्स रोडरिग्ससँग इन्केजमेन्ट गरेकी छिन्। एलेक्स न्यूयोर्क यांकीज़ बेसबल टीमका पुर्व खेलाडी हुन्। जेनिफरले आफ्नो इंस्टाग्राममा यस खुशीको खबरलाई फ्यानसँग शेयर गरेकी छिन्। फोटमा एलेक्सले जेनिफरलाई बीचमा लगेर प्रप्रोज गरेको देखिन्थ्यो। यस अघि उनले ४ विवाह र १ इन्केजमेन्ट गरिसकेकी छिन्।

एलेन ली डीजेनेरेसको शोमा जेनिफरले एलिक्ससँग दुई वर्षदेखि डेट गरिरहेको खुलाशा गरेकी थिइन। बेवर्ली हिल्स होटलमा जेनिफरले एलेक्सलाई पहिलोपटक देखेकी थिइन्। त्यहीबाट उनीहरु बीच प्रेमको शुरुवात भयो।

जेनिफरले उनीसँग विताएको एउटा सम्झना शेयर गर्दै भनिन् – “एकपटक एलेक्स र म डिनर डेटमा गएका थियौ। त्यो साँझ निकै रमाइलो थियो। हामी डिनर गरिरहेका थियौ। यसैबीच अचानक एलिक्स वासरुम गए । केहि छिन पछि मलाई एसएमएस आयो। मलाई लाग्यो कुनै साथीले पठाएको होला तर म्यासेज एलेक्स कै थियो। त्यसमा उनले लेखेका थिए – ‘तीमी निकै राम्री छौ र तिम्रो अगाडी ठिक-ठाक देखिन्छु।’ एलिक्सको इमान्दारिताका साथ् मलाई म्यासेज गरेका थिए जुन मलाई निकै मनपर्यो।”

एलेक्सले पनि एकम्यागेजिनमा जेनिफर र आफ्नो प्रेम सम्बन्धको बारे कुरा गरेका थिए। एलेक्सले बताएका थिए – ‘हामी दुईमा धेरै कुरा उस्तै छ जसकारण हामी एकअर्कालाई राम्ररी बुज्छौ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू