ज्ञानेन्द्र शाहीलाई दलाल भन्दै गर्जिए दिल निशानी

मनिषा थापा

भक्तपुर : पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राखिएको छ । उक्त प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले  दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।  

पुडासैनी प्रकरणमा रबि लामिछानेलाई हिरासतमा लिन नहुने भन्ने समर्थकको मागको विषयलाई लिएर पत्रकार दिल निशानी मगरले संवादचौतारीमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा व्यक्त गरेका छन्।

कार्यक्रममा आक्रोशित हुँदै उनले भने, ‘यदि नेपाललाई र संविधानलाई माया गर्ने हो भने आन्दोलन फिर्ता गरी शान्तिपूर्ण अनुसन्धान गर्ने वातावरण दिनुपर्छ। रवि निर्दोष हुँदाहुँदै जेल सजाए पाए भने म पनि आन्दोलनमा जानेछु तर छानविन गर्न प्रहरीलाई सबैले अहिले दिनुपर्छ।’

पुडासैनीले रवि लामिछाने, युवराज कंडेल र अस्मितालाई दोषी ठहराईएको भिडियो भेटिएपछि उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउनु गलत नभएको उनको धारणा छ। 

त्यस्तै, न्युज २४ले मृतक पुडासैनीको फेसबुक म्यासेज सार्वजनिक गरिदिनु साइबर अपराध सरह रहेको उनको आरोप छ। उनले भने, ‘पुडासैनीको गोपनियता बाहिर ल्याई साइबर अपराधको शुरुवात न्युज २४ले नै गरेको छ।’

उक्त पत्रकार सम्मेलनमा पत्रकार मगरले अभियान्ता ज्ञानेन्द्र शाहीलाई दलाल भन्दै सम्बोधन गरेका छन्। उनले भने, ‘अर्काले दिएको कोटलगाएर अर्काको गाडीमा चढेर कता-कता आन्दोलन हुन्छ त्यही गएर ‘राजा आऊ देश बचाउ’ भन्दै भाषण छाडिरहेका हुन्छन जसकारण म उनको अनुहार हेर्न चाहन्न।’

बाँकी हेर्नुहोस भिडियोमा……

प्रतिक्रिया

सम्बन्धित समाचारहरू