ज्यान मार्ने धम्कीमा बद्री पंगेनीको नाम अनजानमा मुसियो (भिडियो)

मनिषा थापा

भक्तपुर :  लोक दोहोरी गायक बद्री पंगेनी विरुद्ध मुद्दा दर्ता भएको भएको छ । काठमाडौंको सीतापाइलामा रहेको सृष्टि फर्निचरका सञ्चालक निमा दोर्जे शेर्पाले आफूलाई पंगेनीसँगै उनको दोहोरी साँझका व्यवसायीक साझेदारद्वय विजय सिंह र सुवास अधिकारीले ज्यान मार्ने धम्की दिएको भन्दै साउन १ गते काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा उजुरी दिएका थिए । 

 दोहोरी साँझमा राखिएको फर्निचर र नयाँ डेकोरेशन बापतको ५५ लाख रुँपैया नतिरेर लामो समयदेखि झुलाएको आरोप शेर्पाले लगाएका छन्।

 विजय सिंहले बद्रि पंगेनी पनि हाम्रो पार्टनर हो भनेको भएर उजुरी दिएको शेर्पाले बताए । उजुरी पछि पंगेनीको नाममात्र जोडिन गएको थाहाँ पाएपछि आफुले कारण माफी मागेको उनको भनाई छ ।

बद्री पंगेनीले नभई उनका अन्य दुई व्यक्तिलेरकार र प्रहरी आफ्नो पक्षमा भएकाले तिमीले केही गर्न सक्दैनौ भन्दै धम्क्याउने गरेको समेत शेर्पाले बताए। पंगेनीले धम्काएको आफुले कुनै मिडिया नभन्दा पनि गलत समाचार लेखेको भन्दै उनले गुनासो पोखे।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू