टिपर काण्डले लियो नयाँ मोड, अरोपिका आफन्त भन्छन ‘प्रहरीले १ घण्टा यातना दिएर आरोप स्वीकार्न लगाइयो’ (भिडियोसहित)

रिता घिसिंग

पिएनपीखबर, भक्तपुर : चैत ३ गते साँझ काभ्रेको मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको जाहेरीपछि प्रहरीले बलात्कारमा संलग्न चार जनालाई पक्राउ गरिसकेको छ । 

पक्राउ पर्नेमा मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा मण्डन देउपुर–७ का २१ वर्षीय रामकुमार राई, सिन्धुपाल्चोक, इन्द्रावतीका चाउरे भनिने २१ वर्षीय शुशिल दनुवार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पिएनपीखबरलाई जानकारी दिएका छन्।

पक्राउ परेका ४ जना आरोपीहरु सबै बिबाहित हुन् र सबैको एक एक बच्चा पनि छ। किशोरी क्रसर उद्योगमा बालुवा चाल्न आउने गर्थिन। किशोरीको पहिला देखि नै प्रकाश दनुवारसंग फोनमा बोल्ने र शारीरिक सम्बन्ध भैसकेको आरोपीका आफन्त बताउ छन्। यदि जबरजस्ती करणी भएको भए किशोरीको लुगा च्यातिएको र शरीरमा घाउ चोट हुनु पर्ने तर केहि छैन। आरोपीहरुको शरीरमा पनि केहि घाउ चोट छैन। किशोरीले फसाउनका लागि यसो भनेको आरोपीका आफन्तहरु बताउछन्। 

आरोपी रामकुमार राईका पिता रामे राइ भन्छन ‘केहि समय अघि किशोरीको आमा बुबासंग झगडा भएको थियो। सोहि निजि रिसीइबिका कारण झुटो आरोप लगाएको हो।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू