डा बाबुराम भट्टराई पहिलोपटक दौरा सुरुवालमा यस्तो देखिए (फोटो फिचर)

admin

काठमाडाैं, ९ फागुन :  पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा बाबुराम भट्टराईले पहिलो पटक दैरा सुरुवाल लगाउनु भएको छ ।

‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ नाम अभियानमा कर्णाली प्रदेश पुग्नु भएकाे डा भट्टराईले पहिलो पटक दैरा सुरुवाल लगाएर आफ्नो फोटो सार्वजनिक गर्नु भएको हो ।

उहाँले प्रधनमन्त्री हुदँ समेत दौरा सुरुवाल लगाउनु भएको थिएन । वि.सं २०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल रहेको थियो तर सोही साल प्रधानमन्त्री बन्नु भएका बाबुराम भट्टराईले राष्ट्रिय पोसाक दौरा सुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाउनु भएकाे थियाे ।

डा भट्टराईल माघ १५ गते बिहान ८ बजे पाँचथरको चिवा भञ्ज्याङमा उक्त अभियानको उद्घाटन गर्नु भएको थियो ।

एक महिनासम्म चल्ने सो अभियान मध्यपहाडी (पुष्पालाल) लोकमार्ग आसपास हुँदै फाल्गुन १५ बैतडी पुगेर समापन हुने बताइएको छ ।

जनसंवाद यात्रा नाम दिइएको यो अभियानअन्तरगत २७ जिल्लाका ८६ स्थानमा गरी १०० बढी कार्यक्रम हुने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू