‘तीजमा बबाल मच्चाउँछु’ भन्दै छिन गायिका सरिता [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १ साउन : हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिएसँग नेपाली सांगीतिक बजारमा एक पछि अर्को गर्दै तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको छ। यसै क्रममा गायिका सरिता प्रजापतिको पनि नयाँ तीज गीत सार्वजनिक भएको छ ।

प्रत्यक वर्ष रमाइलो तीज गीत ल्याएर दर्शक स्रोताहरुलाई मनोरञ्जन दिने गायिका सरिताले यसपाली पनि तीजलाइ लक्षित गरेर ‘तिजमा बबाल मच्चाउँछु’ बोलको एक दमै रमाइलो गीत लिएर आएकी छिन।

ओएसआर डिजिटलको यूटूब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा दिनेश कँडेलको शब्द,अनिश श्रेष्ठको संगीत, सुन्दर लामाको एरेन्ज रहेको छ। उक्त गातेको भिडियोमा दिनेश पराजुलीको छायांकन र सुमन जंग केसीको निर्देशन रहेको तथा दिपिका, सरु र रोमाको दमदार नृत्य रहेको छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया