तेश्रोलिंगी छोराको बच्चा जन्माउन आमाले नै गरिन् गर्भधारण

मनिषा थापा

एजेन्सी : अमेरिकाको नेब्रास्काकी एक महिलाले आफ्नो तेश्रोलिंगी छोराको बच्चालाई जन्म दिएकी छन् । आफ्नो छोराका लागि उनले सेरोगेट आमाको भूमिका निर्वाह गर्दै आफ्नै नातिनीको जन्म दिएकी छन् ।

सेसिलको छोरा म्याथ्यू एलेन आफ्नो पति एलिअट डागर्टीको साथत बस्ने गर्थे । छोराले बच्चाको योजना बनाइरहेको थाहा पाएपछि आफ्नै आमाले सेरोगेट आमा बन्ने इच्छा व्यक्त गरिन् ।

आमाको उमेर अहिले ६१ वर्ष भयो । ‘शुरुमा मैले आफू सेरोगेट आमा बन्न लागेको कुरा सुनाउँदा धेरैले यो कुरा हाँसोमा उडाउँथे, तर मैले मेरो नातिनीलाई जन्म दिन सफल भएँ’ सेसिलले भनिन् ।

डाक्टरको सल्लाहबमोजिम सेरोगेट आमा बनेकी सेसिलको गर्भमा तेश्रोलिंगी छोरा म्याथूको स्पर्म र उनका पति एलिअटको बहिनीको अण्डाको मिश्रण राखिएको थियो ।

के हो सेरोगेट आमा ?

अरु कसैको भ्रुणलाई आफ्नो गर्भमा राखेर बच्चाको जन्म दिनुलाई सेरोगेट आमा भनिन्छ । यसो गरेबापत भ्रुण राख्न दिने आमा–बुबाले गर्भ बोक्नेलाई निश्चित रकम दिन्छन् । भारत लगायतका अन्य विकसित देशहरुमा यस सम्बन्धमा छुट्टै कानुन बनेको भएता पनि नेपालमा भने यो प्रक्रिया खासै चलनमा आएको छैन ।

प्रतिक्रिया