त्रिशूलीमा बस खस्यो, पाँचजनाकाे मृत्यु, २८ घाइते

admin

धादिङ, जेठ ५ : काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशुली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए।

दुर्घटनामा २८ जना घाइते छन् । घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडाैं पठाइएकाे छ । अन्यकाेस्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेकाे छ। दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

प्रतिक्रिया