दुई लाख ५६ हजार राजश्व सङ्कलन

कृष्ण रोकाया

बझाङ, ६ जेठ:अस्थायी ट्राफिक प्रहरी पोष्टले जिल्लामा सवारी नियम उलङ्घन गर्ने १७० सवारी चालकबाट जरिवानाबापत २५६ हजार राजश्व सङ्कलन गरेको छ । जरिवानाबापत फागुनमा रु ७५ हजार ५००, चैतमा रु ८६ हजार ५०० र वैशाखमा रु ९४ हजार सङ्कलन गरिएकोे उक्त पोष्टले जनाएको छ ।

उक्त पोष्टमा एक प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार र तीन प्रहरी जवान गरी पाँच प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरीले पटकपटक हुने सवारी नियम उलङ्घनबारे सरोकारवालासँग अन्तक्र्रियासमेत गर्दै आए पनि जरिवाना घटनाको सटो बढ्दै आएको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स नबोक्नेका साथै सवारी नियम उलङ्घन गर्ने गरेकाले कारवाही गर्नुपरेको उक्त पोष्टका प्रहरी हवलदार हेमबहादुर कठायतले बताउनुभयो । जरिवानाबाट उठेको रकम प्रत्येक महीनाको अन्तमा राजश्व खातामा जम्मा हुँदै आएको छ ।

प्रतिक्रिया