दुई सातादेखि त्रिपुरासुन्दरी नगरपालिका अन्धकारमा

admin

डोल्पा, ५ फागुन:  यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ । छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो । 

विद्युत् आपूर्ति बन्द भएपछि त्रिपुराकोट, गल्ली, करेलीकाँडा, बगरलगायतका बस्तीका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । बिजुली बत्ती नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कामकाज सम्पादनमा समेत समस्या भएको स्थानीय हरिचन्द्र विष्टले बताउनुभयो । 

-रासस

प्रतिक्रिया