‘नाई न भन्नु ल ५’ पछि निर्माला पन्तलाई न्याय माग्दै म्युजिक भिडियोमा आइन सेड्रिना शर्मा

शर्मिला गुरुङ

काठमाडौँ, १ पुष : गीतकार प्रलाद शाहको शब्द रहेको “मेरी आमा” बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गीतमा संगीत नबिन कार्कीको रहेको छ । पछिल्लो समयमा नेपालमा बलात्कार पछि हत्याका घटना बढिरहेको अबस्थामा निर्देशक विकास सुबेदीले यसै बिषयमा भिडियोलाई केन्द्रित गरेका छन् ।

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । भिडियोले निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडीयो मनोरन्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनता सँग प्रत्यक्ष जोडिने बिषय भएकाले गहन बिषयमा भिडियो तयार गरेको निर्देशक सुबेदीले बताए ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया