नेपाल र थाइल्याण्ड उपाधिका लागि भिड्ने

admin

काठमाडौँ, ४ माघ: थाइल्याण्डमा जारी महिला टि–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आइतबार थाइलैण्डसँग भिड्ने भएको छ । बंैककको ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अर्को सेमिफाइनल खेलमा आयोजक थाइल्याण्डले युनाइटेड अरब इमिरेट्स(युएई)लाई ४९ रनले पराजित गरी फाइलन प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनायो । उसका लागि चानिन्दा सुटिरुङले सर्वाधिक १४ रन बनाइन । नारुमोल च्वाइवाइले १२, नाटाकान चानतमले ११ रन तथा नाट्या बोचातम र सुलीपोर्न लाओमीले समान १०÷१० रन बनाए ।

बयानब्बे रनको विजय लक्ष्य पछ्याएको युएई १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनमा समेटियो । युएर्ईका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । थाइल्याण्डकी सुलीपोर्न लाओमीले चार तथा चानिन्दा सुटिरुङले तीन विकेट लिइन ।

नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले, तेस्रो खेलमा युएर्ईलाई छ विकेटले तथा चौथो खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।
-रासस

प्रतिक्रिया