पथरी घटनामा नयाँ ट्विस्ट : नम्बर प्लेट छोपेको गाडी सिसि क्यामेरामा कैद (भिडियो)

मनिषा थापा

पिएनपिखबर : रिना हत्या काण्ड झन झनै रहस्यमय बन्दै गईरहेको छ। उनका ११ वर्षीय छोराले पनि आमाले घटना हुनु अघि वियर पिएको बताएका छन्। उनको हत्याको अनुसन्धान भईरहँदा नम्बर प्लेट छोपेको गाडी सिसि क्यामेरामा कैद भएको देखिएको छ। त्यो गाडी कसको भनेर पत्ता लागिसकेको छैन।

बस्नेतको मृत्यु शकास्पद देखिएपछि स्थानीयबासीले सोमबार इलाका प्रहरी कार्यालय घेराउ समेत् गरेको छ। गत शनिबार मोरङको पथरी-१ स्थित २९ बर्षीय रिना बस्नेत आफ्नै डेरा अगाडी सडकमा नग्न अवस्थामा मृत फेला परेकी थिइन।

प्रहरीको अनुसन्धानमा महिलाले अत्यधिक मदिरा सेवन शौचालय जाने क्रममा लडेर मृत्यु भएको हुन् सक्ने बताएका थिए। प्रत्यक्ष दर्शीको अनुसार रड र भालाले हानेको घाउ मृतक रिनाको शरीरमा देखिएको थियो। उनलाई पटकपटक फोन आउने नम्बर भएको व्यक्तिलाई प्रहरीले सोधपुछ नगरेकोमा स्थानीयबासिन्दाले गुनासो पोखेका छन्। उनीहरुले छतबाट लडेको नभई हत्या नै गरेको हुन् सक्ने बताएका छन्। बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू