पेटमा सेता धर्सा भएर चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

रिता घिसिंग

एजेन्सी : मानिसहरु आफ्नो पेटमा भएका सेता धर्सा देखेर निराशिन्छन् । पुरुषमा भन्दा पनि महिलाहरुमा धेरै यस्तो समस्या देखिने गरेको छ । पेटमा मात्र नभएर पेट, छाती, तीघ्राको छालामा यस्ता सेता धर्साहरु देखा पर्छन् ।

मानिस एकै पटक मोटायो वा महिलाहरु गर्भवती हुँदा यस्तो धर्सा देखिन्छन् । यसलाई खास नौलो कुरा मानिँदैन । तर, त्यस्ता धर्साका कारण मानिसलाई निकै नै गाह्रो हुन्छ । त्यसले कुनै असर नपरे पनि हेर्दा नै घिनलाग्दो देखिने भएकाले यसबाट मानिसलाई गाह्रो हुने गर्दछ ।

यसबाट छुट्कारा पाउनका लागि विषेश औषधि हो, घ्यूकुमारी अथवा एलाभेरा । घ्यूकुमारी काटेर धर्सा परेको भागमा केही समय दल्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् ।

 

तपाई यो प्रक्रियामा एक चौथाई एलोभेराको जेल, भिटामिन ए, इको क्याप्सुललाई आपसमा मिसाएर पनि दिनहुँ दल्न सक्नुहुन्छ । केही दिनमा तपाईले आफ्नो छालामा आएको परिवर्तन महसुस गर्नुहुनेछ ।

 

यसैगरी दैनिक १० ग्लास पानी पिउँनुहोस् । पानी पर्याप्त पिउनाले छालामा भएका स–साना प्लानहरुलाई सफा राख्न र उपचारका अन्य विधि सफल बनाउन पानी आवश्यक हुन्छ । छाला सुन्दर बनाउन चाहनले चिया, कफि सोडाबाट चाहिँ बच्नै पर्छ ।

 

यस्तै चिनी पनि यसको अचुक उपाय हो । चिनीमा यस्तो धर्सा हटाउन सक्ने गुण हुन्छ । एक चम्चा चिनी, आल्मन्डको तेल थोरै र केही थोपा कागतीको झोल मिसाउनुहोस् । राम्रो मिश्रण तयार पार्नुहोस् र त्यसलाई धर्सा भएको स्थानमा लगाउनुहोस् । १० मिनेटपछि धुनुहोस् । एक महिनासम्म यसो गर्नाले तपाईको छालामा आएको परिवर्तन हेरेर आफै दंग हुनुहोस् ।

 

यसैगरी ओलिभ आयलले पनि तपाईंलाई यस्तो दागबाट छुट्कारा दिलाउने छ । यमा महत्वपूर्ण पोषक, एन्टिअक्सिडेन्ट हुनेभएकाले यसले तपाईको छालालाई स्वस्थ राख्न मद्दत गर्छ । ओलिभ आयलमा भएको भिटामिन ए, डी र इले छालालाई सुन्दर बनाउँछ । ओलिभ आयलले धर्सा भएको स्थानमा मसाज गर्नुहोस् । एकघण्टा पछि धुनुहोस् ।

 

तपाईलाई थाहा नहुन सक्छ । आलुमा धेरै किसिमका भिटामिन र खनिज हुन्छ । यसले छालाको कोष निर्माण र उपचारमा सघाउ पुर्याउँछ । आलुलाई स्लाइसलाई जस्तै पातलो गरेर काट्नुहोस् । त्यस्तो स्लाइसलाई धर्सा भएको स्थानमा केही मिनेट दल्नुहोस् । छाला सुख्खा भएपछि मन तातो पानीले धुनुहोस् ।

 

प्रतिक्रिया