पोखरामा घट्यो कहालीलाग्दो घटना, सँगै हिडेका श्रीमान नहरमा खसे, श्रीमतीले गुहार माग्दा माग्दै श्रीमान परलोकमा [स्थलगत रिपोर्ट]

शर्मिला गुरुङ

पोखरा, २८ चैत : बुधबार साझ ९ बजे तिर पोखरा महानगरपलिका वोड न.१२ शितलदेवि बस्ने श्रीमान थुलुंगका श्रीमान श्रीमती होटेल बन्द गरेर घर फर्कीए। दिनभरी ब्यस्त रहने यो जोडीले सडकमा मोटरको चाप कम देख्यो र निर्णय गरे सडकमा मोटरहरु कम छन् सडक पनि खाली होला यहि बेलामा स्कुटर सिकौ।

 

स्कुटरमा श्रीमान थुलुंग राई पछाडी बसे र श्रीमतीलाई पछाडीबाट स्कुटर चलाउन सहयोग गरिदिए। तर उनिलाई के थाहा थियो यो सिकाइले जिन्दगी सिध्याउदै छ भन्ने जब उनिहरु नहरको बाटो काटने क्रममा थिए स्कुटर पुलको रेलिंगमा ठोक्कियो अनि पछाडी रहेका श्रीमान रेलिंगको बीचबाट हेलमेट सहित नहरमा खसे। श्रीमती गुहार माग्दै मेरो बुढालाई लग्यो भन्न थालिन रातको समय अनि पानीको बहाब उस्तै तेज कोहीले बचाउन सक्ने कुरै भएन

केहि समयमा खबर आयो लास दुई नहरको दोबानमा भेटियो भनेर त्यसपछी अस्पताल पुराउदा पोखराको माटोलाई संगीत भरिरहेका श्रीमान थुलुंगको इहलिला समाप्त भइसकेको थियो

पूर्वबाट दुई दशक अघि पोखरा आएका थुलुङले पोखरामा तराना म्युजिक सेन्टर सञ्चालन गरी थुप्रै संगीतसाधकलाई जन्माइसकेका छन् । तराना संगीत साँझ लगायतका सांगीतिक गतिविधि गर्दै आएका थिए । यहाँका सांगीतिक कार्यक्रमहरुमा आफै हार्मोनियम, तबला लिएर उनी पुग्थे

स्थानीबासीहरुलाई उक्त नहरले मानिस बगायो भन्ने खबर खासै नौलो रहेनछ। उनीहरु भन्दै थिए, “यस्ता त कयौँ पटक भए तर प्रशासनले कहिले देखेन।”

हेर्नुहोस घटनास्थलमा प्रतक्ष्यदर्शी यस्तो भन्छन् :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू