प्रदिप लामाको “नशा यो कस्तो नशा” मा श्रेया र दिनेशको रोमान्स [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १४ जेठ  : चर्चित गायक तथा संगीतकार प्रदिप लामाको नयाँ पप म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द रहेको ‘नशा यो कस्तो नशा’ बोलको गीतको भिडियो सहित गायक स्वयमकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

पछिल्लो समय निकै चर्चामा आएका गायक प्रदिप लामाले स्वयमले यस गीतमा संगीत भरेका छन भने मोहन सुनुवार ‘नबिन’ को सम्पादन रहेको छ। श्रेया कार्की र दिनेश कंडेलको अभिनय रहेको यस गीतको भिडियोमा संजित श्रेष्ठको छायांकन रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया