फिट कसरी रहने भन्ने चिन्त्तामा हुनुहुन्छ ? यसो गर्नुहोस् जिम जानै पर्दैन

रिता घिसिंग

पिएनपिखबर : आजकलको ब्यस्त जीवनशैलीमा आफुलाई फिट राख्न एकदम च्यालेन्जको कुरा हो। त्यसैले प्राय मानिसहरु शरीरलाई फिट राख्नको लागि जिमको बाटो रोज्ने गर्छन। शहरी क्षेत्रमा जिम प्रति आकर्षित हुने जमात थुप्रै भेटिन्छ। तर एक रिसर्चले यस्तो खुलासा गरेका छन् कि जुन सुनेर तपाई जिम जान छोड्नुहुनेछ। अनुसन्धानकर्ताले जिम जानु भन्दा पैदल हिड्नु स्वास्थ्यको लागि फाइदा जनक हुन्छ भनि पुष्टि गरेका छन्।

हालसालै अमेरिकी क्यान्सर सोसाइटीले यस बारेमा अनुसन्धान गरेका हुन्। हप्तामा कमसेकम ६ घण्टा हिड्दा मानिसको आयु बढ्छ।

सोधकर्ता भन्छन ‘हरेक दिन हिड्नाले शरीरमा अलग-अलग बदलब आउछ। यो एक्सरसाइज जहाँ पनि गर्न सकिन्छ र पैसाको आवश्यक पर्दैन। यदि तपाई फिट रहनका निम्ति जिम जाने गर्नुहुन्छ भने जरुरत छैन। हिडेर र दौडिएर पनि तपाई फिट रहन सक्नुहुन्छ। यसो गर्दा तपाईको पैसाको पनि बजत हुन्छ। त्यसैले आजैदेखि हिड्न थाल्नुहोस्। फिट रहन के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने आजै देखि हिड्न थाल्नुहोस्।

प्रतिक्रिया