‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ : आमा-छोरी नै अवार्डबाट सम्मानित

मनिषा थापा

काठमाडौं: पेजेन्ट नेपाल ईन्टरनेशनलले नेपालकै ईतिहासमै पहिलो पटक आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा आमा-छोरी नै अवार्डबाट सम्मानित भएका छन। फेस अफ ब्युटिसियन भक्तपुर–२०१८ कि बिजेता शैलजा शाहले पपुलर पेजेन्ट टाइटल विनर प्रफेसन बेस्ड (मिसेस) को अवार्ड जितेकि छिन भने उनकी छोरी वैभवी शाहले पपुलर टाइटल विनर किड्सको उपाधि जित्न सफल भएकी छिन । वैभवीले यसअघि ‘ड्रिम सर्च एजेन्सी विनर किड्स एण्ड टिन फेसन मोडेल २०१९, भक्तपुर’ को सुपरमोडेल र बेटर ग्याल्क्सी इन्टरटेनमेन्ट प्रा.लि. को १५ औ ‘एनुअल लिटल प्रिन्स एण्ड प्रिन्सेस २०१८’ को रनर अप को टाइटल जितिसकेकी छिन। 

 

अवार्ड समारोहमा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड जितेकी छिन् भने समारोहमा मिस नेपाल २००० उषा खड्गीले इभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् । बिहिबार राती काठमाडौंमा आयोजित एक भव्य समारोहमा नेपालको फेसन तथा मोडलिङ क्षेत्रमा योगदान पु¥याउने उत्कृष्ट व्यक्तित्वहरुलाई विभिन्न चार दर्जनभन्दा बढि विधामा पुरस्कृत गरिएको हो ।

गीत, संगीत, नृत्यसहितको उक्त रमाइलो समारोहमा एमाजन इन्टरटेन्मेन्टले बेस्ट इभेन्ट अर्गनाइजरको अवार्ड जित्यो भने रोजिन शाक्यले बेस्ट पिजेन्ट एमसीको अवार्ड जिते । कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले बेस्ट इभेन्ट मेनेजरको अवार्ड जिते । रमेश श्रेष्ठले बेस्ट सेट डिजाइनरको अवार्ड जित्दा काष्टमण्डप टेलिभिजनले भने बेस्ट पेजेन्ट टिभी च्यानलको अवार्ड जित्न सफल भयो ।

समारोहमा साप्ताहिकका वरिष्ठ उप–सम्पादक कृष्ण भट्टराईले भने बेस्ट फेसन जर्नालिष्टको अवार्ड जित्न सफल भए ।

एवार्ड अन्तर्गतको अर्गनाइजर विधातर्फ मिस नेपालको आयोजक संस्था हिटन टे«जरका गोपाल सुन्दर लाल कक्ष्ँपतीले बेस्ट मिस पेजेन्ट अर्गनाइजरको अवार्ड जित्न सफल भए । यही विधामा बेस्ट मिस्टर पेजेन्ट अर्गनाइजरको अवार्ड मिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतले जितिन् । बेस्ट कम्युनिटी बेस्ड पेजेन्ट अर्गनाइजरको अवार्ड पेज थ्रि हउटे कउटरले जित्यो । बेस्ट किड्स पेजेन्ट अर्गनाइजरको अवार्ड इनोभेसन इभेन्ट्स म्यानेज्मेन्टका महेश केसीले जिते ।

फेसन डिजाइनर विधातर्फ रविन क्रिएसनका रबिन परियार तथा वाउ फेसन बुटिककी पुष्पा राई चालिसेले बेस्ट फेसन डिजाइनरको एवार्ड जित्न सफल भए । ड्रिम वेयर फेसन द बुटिककी मञ्जु बन्जारा ढकालले बेस्ट फेसन डिजाइनर अफ द इयरको अवार्ड जितिन् ।

समारोहमा डा.रेखा थापाले बेस्ट कस्मेटोलोजिस्ट, तेन्जु योञ्जनले पपुलर फेसन स्टाइलिष्ट, गौरा राईले बेस्ट मेकअप आर्टिष्ट तथा रक्की श्रेष्ठले बेस्ट हेयर स्टाइलिष्टको अवार्ड जित्न सफल भइन् ।

कोरियोग्रँफर विधातर्फ हिमानी सुब्बा तथा अनिष महर्जनले बेस्ट कोरियोग्रँफरको अवार्ड जित्न सफल भए । रोजिन शाक्य तथा जयन सुब्बा मानन्धरले भने लिजेन्ड्रि फेसन कोरियोग्रँफरको अवार्ड जिते ।

मोडल विधातर्फ रुबिस्का श्रेष्ठ (मोडल हन्ट नेपाल–२०१८) शेराप ग्याट्सेन लामा (मेन एट्टीच्यूट नेपाल) ले बेस्ट फेसन मोडलको अवार्ड जिते । चलचित्रका अभिनेता समेत रहेका दिक्पाल कार्कीले पपुलर ईन्टरनेशनल नेपाली मोडल (मिस्टर मोडल अफ द वल्र्ड २०१८÷इन्टरनेशनल मोडल) को अवार्ड जित्न सफल भए भने कला सुब्बालाई लिजेन्ड्रि मोडलको अवार्ड प्रदान गरियो ।

दुर्गा पौडेल (मिसेस ग्लोबल नेपाल २०१९) ले पपुलर पेजेन्ट टाइटल विनरको अवार्ड जितिन् । सिलाष्मा मल्ल (.ब्युटिसियन नेपाल) ले भने पपुलर मोडल (मिसेस) को अवार्ड जितिन् ।

टिन विधातर्फ प्रिया मल्ल तथा स्वागत मल्लले पपुलर मोडल टिनको उपाधि जित्न सफल भए । गिर्वाणी चिकम्बन्जरले बेस्ट ¥याम्प मोडल (टीन) को अवार्ड जितिन् भने रोजेस चिकन्बन्जर तथा निक्की लवाजुले पपुलर टाइटल विनर टिनको उपाधि जित्न सफल भए ।

किड्स विधातर्फ प्रिथा गुरुङ तथा प्रिन्स प्रसिद सिंह ठकुरीले पपुलर मोडल किड्सको उपाधि जित्न सफल भए भने अभिनव श्रेष्ठले पपुलर टाइटल विनर किड्सको उपाधि जिते ।

बेस्ट पेजेन्ट अर्गनाइजर (मोफसल) को उपाधि ब्राइट इभेन्ट म्यानेज्मेन्ट, दोलखाका राजन बुढाथोकीले जिते भने पपुलर मोडल (मोफसल) को उपाधि इटहरीका क्षितिज पोखरेलले जिते । काभ्रेकी ममता तामाङले पपुलर टाइटल विनर टिन (मोफसल) को उपाधि जितिन् । मेरिना तुम्सा लिम्बुले पपुलर टाइटल विनर (मोफसल) को उपाधि जिते । झापाका प्रनित पुडासैनीले बेस्ट फेसन कोरियोग्राफर (मोफसल) को अवार्ड जित्न सफल भए ।

समारोह झापाका बिरेस राईले इमर्जिङ फेसन डिजाइनरको अवार्ड जिते भने भेषराज खत्रीले इन्फ्ल्यूइन्सियल टाइटल विनरको उपाधि जिते । निशु महर्जनले पपुलर टाइटल विनर प्रोफेसन बेस्ड (मिस) तर्फको अवार्ड जितिन् भने इभान राजा श्रेष्ठले बेस्ट ¥याम्प मोडल (किड्स) को अवार्ड जित्न सफल भए । बुटबलका अञ्जन कु“वरले इमर्जिङ फेसन कोरियोग्रँफर (मोफसल) को अवार्ड जिते भने कृष्ण श्रेष्ठले इमर्जिङ फेसन कोरियोग्राफरको अवार्ड जिते । राजकुमार दर्जीले भने बेस्ट पेजेन्ट डान्स कोरियोग्राफरको अवार्ड जिते ।

आयोजक संस्थाका प्रवन्ध निर्देशक मिथुन थापाका अनुसार नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्ष्ँेत्रका अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रमा अवार्ड वितरण नहुने भएकाले मोडलिङ तथा फेसन क्ष्ँेत्रको रौनक बढाउन यो समारोह आयोजना गरिएको हो । निर्देश्ँक थापाका अनुसार फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय हरेकलाई यहि क्षेत्रमै केही गर्छु भनेर लागि पर्न तथा उनीहरुको भविष्य सुनिश्चित गर्नका लागि समेत यो समारोह आयोजना गरिएको हो ।

प्रतिक्रिया