फेसबुकमा अश्लिल हर्कत गर्ने प्रकाश शाहीलाई ज्यास्मिन ओझाको चेतावनी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सानै उमेर देखि महिला हिँसा विरुद्ध अभियान चलाएकी ज्यास्मिन ओझाले सामाजिक संजालको दुरुपयोग भएको भन्दै आक्रोश पोखेकी छिन्।

पछिल्लो समय प्रकाश शाही नामक व्यक्तिले फेसबुकमार्फत लाइभ आएर आफ्नो लिङ्ग देखाई महिला नेत्रीहरुलाई अश्लिल म्यासेज पठाउने गरेको कारण कठोर सजाय माग्दै ज्यास्मिन प्रहरी कार्यालय पुगेकी छिन्।

प्रकाश शाहीको क्रियाकलापले समाजमा नराम्रो प्रभाव पारिरहेको उनको आपत्ति छ। ”प्रकाश शाहीको हर्कतबाट पिडित भएका नेत्रीहरुले मलाई महिला अधिकारकर्मी भएको नाताले यस विषयम लड्न पहल गरेपछि मैले आवाज उठाईरहेको छु।”,  उनले भनिन्,  ”अहिले यो कुरा अपराध शाखामा पुगेको छ। शाहीको फेसबुक अकाउन्ट निष्क्रिय छ। शाहीलाई पक्रिएपछि कानुनी कारवाहीको प्रकिया अगाडी बढ्नेछ। ”

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू