बढ्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : लगातार २ दिन देखि घटेको सुनको भाउ आज साताको दोस्रो दिन सोमबार फेरी बढेको छ। आज सुन प्रतितोला दुई सय रुपैयाले बढेर छापावाल सुन प्रतितोला ७१ हजार ७ सय र तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको भाउ भने घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया