मणि लामाले खुलासा गरे बम्जनको आश्रममा नुनको प्याकेट भेटिनुको रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ ।

नेपाल प्रहरीले ‘तपस्वी’ को रुपमा चर्चा कमाएका राम बहादुर बम्जनको आश्रममा छापा मारेको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो ।

आश्रमका अध्यक्ष मणि लामाले भने, ‘कुरालाई जता लग्यो त्यतै जाने रैछ। सीआईबीलाई सुराखीले गाडेको ठाउँमा पुराए जहाँ बारी, घर केहि छैन त्यो त सुराखीले नै गाडेका होलान।’ उनले पिडितपरिवारबाट बम्जनमाथि आरोप नआएको बताए। 

 हत्या, हिँसा र बलात्कार गरेको भनेर बम्जनमाथि ठुलो आरोप लागेको उनको भनाई छ। उनले मिडियाले गलत प्रचार गरेको दावी समेत गरेका छन्। उनले बम्जनल एक भगवानको स्वरूप भएको बताए। 

हेर्नुहोस भिडियो :

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू