बम बिस्पोज गर्ने क्रममा एक जना सेना घाईते

रिता घिसिंग

काठमाडौँ : विप्लव नेतृत्वले गरेको नेपाल बन्दको अवस्था मा देशका विभिन्न स्थानमा शंकास्पद बस्तु तथा बम फेला परेका छन् । यसैबीच पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको बम बिस्पोज गर्ने क्रममा एक जना सेना घाईते भएका छन् । प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर फालिएको डेटोनेटर डिस्पोज गर्ने क्रममा सेनाधर्मबहादुर थापा घाईते भएका हुन् । उनको हातमा चोट लागेको छ । त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ ।

उता पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ । विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राह्रोसमेत केही चर्किएको छ ।

प्रतिक्रिया