बुहारीले गरिन सासुमाथि कुटपिट गरी हत्या, आफन्तले खुलाए यस्तो रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : दिनानु दिन हत्या हिंसा जस्ता घटनाहरु बढ्दो क्रममा छन्। काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा न – १ छाहारेमा आफ्नै बुहारीको कुटपिटबाट ६५ वर्षीया सासु माइली माया तामाङको हत्या भएको छ। दिउँसो खेतमा काम गरेर आएकी माईली मायाले मदिरा सेवन गरेको खुलेको छ।

झगडामा २४ वर्षिया सुन्तली तामाङले ६५ वर्षिया सासु माईली मायालाई कपालमा समातेर भान्छा कोठा भित्र सिमेन्टीको भित्तामा ठोक्काएर कुटपिट गर्दा माईली मायाको घटनास्थलमै मृत्यु भएको थियो ।

आफ्नो सासुको हत्या गरिसके पछि बुहारीले छिमेकीको घर आएर आफुलाई समेत खान्छु, ढलाउछु भनेर हात खुट्टा बजार्दै आएको मृतकका कान्छा देवरले बताएका छन्। यस घटना अघि सासु बुहारी बिच तेती मन मुटाव नभएको र बुहारीलाई घरका सदस्यहरुले राम्रै व्यवहार गर्ने गरेको पनि बताएका छन्।

छिमेकीको कुरा अनुसार बुहारी र छोराको समेत प्रत्यक्ष रुपमा गल्ति भएको बताउछन। मृतक सासुको सव पोष्टमार्टमको लागि सिर मेमोरियल अस्पताल राखिएको छ।

हर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू