भारतीयबाट नेपाल भित्रिने दूधको आयातमा रोक

admin

नेपालगञ्ज, ४ माघ:  बाँकेको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरुपमा रोक लगाइएको छ । यहाँस्थित भन्सार कार्यालयले दूधको आयात गर्न पूर्णरुपमा रोक लगाइएपछि दूध उत्पादक कृषक खुशी भएका छन् । 

केन्द्रीय नीतिअनुसार भन्सारले मुख्य भन्सार बिन्दु र अन्य नाकाबाट अवैध दूध आयातको कार्य रोकेको हो । यसअघि भन्सारको मूलद्वारबाटै दैनिक सयौँ लिटर दूध नेपालगञ्ज भित्रिने गरेको थियो । भारतबाट दूध आयातले गुणस्तरीयता र बिक्री वितरणको समस्याले नेपाली किसानलाई मर्का परेको थियो । 

-रासस

प्रतिक्रिया