भुलेर पनि फ्रिजमा नराख्नुहोस यी खानेकुरा

रिता घिसिंग

एजेन्सी : यतिखेर गर्मी माैसम शुरू भएकाे छ । हामी अधिकांशको यो बुझाइ यो छ कि फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहिरहन्छ । तर कतिपय यस्ता चिजहरु छन् जुन फ्रिजमा राख्दा उल्टो हानीकारक हुन्छ ।

१ , अण्डा – फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् । अण्डा फ्रिजमा राख्दा यसले कैयन् संक्रमणको खतरा हुन्छ ।

२,पाउरोटी – हामी ब्रेडलाई फ्रिजमा राखेर धेरै दिनसम्म खाने गर्छौ तर ब्रेडलाई फ्रिजमा राख्नाले अत्यधिक सुख्खापन आउने हुनाले हानिकारक हुन्छ ।
३, आलु – फ्रिजमा आलु राख्नाले आलुको स्टार्च सुगरमा परिणत हुन्छ । यसले चाँडै आलुलाई बिगार्ने काम गर्छ

४, कागती- सुन्तला, मौसम कातती,सुन्तला जस्ता फलफुल हरु फ्रिजमा राख्नु हानिकारक मानिन्छ ।
५, अचार – अचारमा भेनेगर अत्यधिक हुन्छ । भेनेगर राखिएको अचार फ्रिजमा राख्नाले फ्रिजमा राखेका अन्य सामान पनि बिग्रने डर हुन्छ

६, लसुन – लसुन यदि फ्रिजमा राखियो भने यसको वास्तविक स्वादमा ह्रास आउँदछ ।
७, केरा – जानी नजानी कहिलेकाँही फलफुलहरु फ्रिजमा राख्ने क्रममा कसै कसैले केरालाई पनि फ्रिजमा राख्ने गर्दछन् जुन बिल्कुल गलत हो । केरालाई फ्रिजमा राख्दा बढी चिसोले कडा हुन्छ लगत्तै बाहिर झिक्नासाथ पानी पानी हुन्छ जुन स्वाद रहित हुन्छ ।

प्रतिक्रिया