मानवीय सेवामा तल्लिन गायक राजु श्रेष्ठको घर पुग्दा यस्तो भेटियो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। कलाकारहरुको खोजी गर्दै सुरु भएको ‘संगीत स्टार’ को दोश्रो संस्करण अन्तर्गत बनेपाबाट अडिसन दिने मध्य एक हुन् राज गोपाल श्रेष्ठ। पाँचखालमा जन्म भएका उनी कर्म भुमि बनेपा भएकाले अडिसन बनेपाबाट नै दिएको बताउछन्।

नृत्य र गायन दुवै विधामा एकसाथ शुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्स तर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन् । पहिलो चरणको अडिसनमा हरेक शहरबाट दोश्रो राउण्ड सकिएसँगै तेश्रो राउण्डदेखि ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको ‘जजमेन्ट’को आधारमा र क्रमशः चौथो राउण्डमा ४०/६० प्रतिशतको भोटिङ हुँदै १२ वटै शहरबाट उत्कृष्ट ३० प्रतियोगीलाई काठमाडौं ल्याइनेछ ।

फाइन‌ल राउन्ड काठमाडौंमा हुनेछ भने विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक सहित युकेमा हुने ग्राण्ड सांगितिक कार्यक्रममा प्रमुख आकर्षको रुपमा उपस्थित गराउने आयोजकले बताएको छ ।

राज गोपाल फाइनलिस्टमा पुगेका छन्। प्रत्येक शुक्रबार साँझको ४ बजे देखि ५ बजे सम्म प्रसारण हुँदै आएको दोस्रो संगीत स्टार २०१८ (खुला गायन तथा नृत्य प्रतियोगिता) अन्तर्गत गायनविधा तर्फबाट उनी फाइनल सम्म आइपुग्न सफल भएका हुन्।

उनको पिताका अनुसार उनी सानै देखि गीत गाउन मन पराउथे। गीत गाउँ नै भनेर उनी केहि समय घरमा केहि नभनी हराए पनि। गीत गाउँ भने पछि हुरुक्कै हुने उनी अहिले मानव सेवामा पनि तल्लिन झन्। दिन रात नभनी उनी सडक मानवको उद्दार कार्य देखि उनीहरुकै सेवामा समर्पित छन्।

उनी भन्छन् ,’आखिर जीवन के नै छ र। बाचुन्जेल मानव जीवन सेवामा नै समर्पित गर्नुपर्छ। ‘ घरमा बृद्ध बाआमाले पनि उनलाई मानव सेवा गर्न हौसाएका छन्। घरकै साथ सहयोग मिलेर पनि उनलाई सेवामा लाग्न धेरै सहज भएको छ।

उनले आफुले जितेमा आफुले प्राप्त गरेको पुरष्कार रकम पनि मानव सेवामा नै खर्चिने बताएका छन्। साच्चै उनी स्वरका धनी सँगसँगै मनका धनी पनि छन् भन्ने कुरा यहाँबाट नै पुष्टि हुन्छ। उनलाई भोट गर्न यो तरिका अपनाउनुहोस्:

थप जानकारीका लागि सम्पर्क नम्बर : ९८४९१७००१८

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू