मिटरमा नजाने ३२ ट्याक्सी कारवाहीमा

admin

काठमाडौँ, २१ मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३२ ट्याक्सीलाई कारवाही गरेको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा लिने ट्याक्सीलाई आज कारवाही गरेको हो । महाशाखा प्रमुख वसन्तकुमार पन्तले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने, बिग्रेको मिटर नबनाउने ट्याक्सीलाई विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० अनुसार पाँच पटकभन्दा बढी कसुर गरेमा छ महीनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन हुने व्यवस्था भएकाले त्यसलाई कडाइका साथ लागू गर्ने उहाँले बताउनुभयो । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकलाई महाशाखाको हटलाइन १०३ वा ९८५१२९५१०० मा एसएमएस वा फोन गर्न यात्रुलाई आग्रहसमेत गरेको छ ।
-रासस

प्रतिक्रिया