मिलन बिष्ट र कार्टुन क्रुजको नयाँ गीत “न गरन जोक” ले दर्शकहरुको मन जित्दै, ७ लाख भन्दा बढीले हेरे [भिडियो]

शर्मिला गुरुङ

काठमाडौ, १ वैशाख : “मिलन बिष्ट र कार्टुन क्रुको “न गर न जोक” बोलको एकदमै फरक शैलीको फन्नी गीत शुक्रबार कार्टुन क्रुको युट्युब च्यानल मार्फत रिलिज भएको छ । मिलन बिष्टको शब्द रहेको गीतमा शन्त गुरुङ र मेलिना राईको आवाज रहेको छ भने संगीत तथा संगीत सम्योजन आशिष अभिरलको रहेको छ।

प्रती घण्टा लाखौँले हेरेको यस गीतको भिडियो अहिलेसम्म ७ लाख २३ हजारले हेरिसकेका छन । यस गीतको भिडियोमा सरोज अधिकारी र आस्मा बिश्वकर्माको निकै धमाकेदार नृत्य देख्न सकिन्छ। दिलको भित्तैमा, ओइ तिम्रो छ कि छैन कोई, सिंगल छौकि मिङगल पछि मिलन बिष्टको यो छुट्टै रमाइलो र फरक शैलीको गीत हो।

युवापुस्ताको रोजाईमा परेको यस गीतको भिडियो छायांकन भने ज्ञानेन्द्र शर्माको टिमले गरेको हो। सम्पुर्ण दर्शकको माया पाएर यो जोक गीतको म्युजिक भिडियो करोड क्लबमा आवद्ध हुने कुरामा गीतकार मिलन बिष्ट आशावादी छ्न।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया