मोडलिङमा सफलता हासिल गर्दै धिरज

कृष्ण रोकाया

काठमाडौँ, २० पुस : दर्शकहरुकाे माया र साथ पाईरहेकै कारणले हाेला पछिल्लो समय धिरज खत्री गीत संगित क्षेत्रमा दर्शकमाझ छाइरहेका छन । उनी हिमाल सागरकाे ‘तिमी फुल बनेर’ बाेलकाे गीत मार्फत साङ्गितिक क्षेत्रमा माेडलकाे रुपमा प्रबेश गरेका हुन।

पछिल्लो समय उनी गायन निर्देशनका साथ साथै राम्रा संगीत समेत भरिरहेका छन भने मोड्लिङमा समेत उनि अगाडी बड्दै छन। हालसम्म उनले ३४ ओटा गीतमा मोड्लिङ गरिसकेका छन भने विष्णु माझी र रामचन्द्र चन्दले गाएको गीत उनले मोड्लिङ्ग गरेको ३४ औ गीत हो।

वि.स. २०४५ सालमा सिन्धुपाल्चोक जिल्लाको हालको बाह्रबिसे नपा ७ मा जन्मेका धिरजको बाल्यकाल देखिकै रहर कलाकार बन्ने थियो । “अनेक समस्याका बाबजुद पनि मैले कला लाई निरन्तरता दिईराखेको कारण अहिले यहाँ सम्म आइपुगेको छु तर मैले धेरै गर्न बाँकी छन,समयको गति र आफ्नो मिहिनेतले कर्म गर्दैछु अवश्य एकदिन सफल हुनेछु” धिरज भन्छन् ।

प्रतिक्रिया