यातायात कार्यालयका लेखापालले गरे ६४ करोड भ्रष्टाचार

admin

काठमाडौँ, १७ असोज: यातायात व्यवस्था कार्यालयको एक लेखापालले रु ६४ करोडसम्म भ्रष्टाचार गरेको तथा एक महानिर्देशकले मातहतको कर्मचारीको कार्यमूल्याङ्कनमा बढी नम्बर हालेबापत रु १० हजारसम्म घुस लिएको घटना पनि वैठकमा जानकारी गराउनुभयो ।

यसअघि बैठकमा सदस्यले आयोग र कर्मचारीतन्त्रले अधिकारको दुरुपयोग गरेको, सुशासन र लोकतन्त्रको मर्म र भावना नबुझेको भनी आलोचना गर्दै धमिराका रुपमा रहेको भ्रष्टाचारलाई निर्मूल गर्न किन ढिलाइ भइरहेको छ भनेर प्रश्न गर्नुभएको थियो । सदस्यले भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक नेतृत्व भए पनि कर्मचारी तन्त्र र आयोग पनि दोषी छन् भन्दै विकासका आयोजनाको काम ढिलो हुनुमा आयोगको पनि दोष रहेको धारणा राख्नुभएको थियो ।

उहाँहरुले अख्यितार दुरुपयोग अनुसन्धान आयोगसहितका नियमन गर्ने निकायभित्र हँुदै आएको भ्रष्टाचार कसले हर्ने भनी आयोगका पदाधिकारीसँग जिज्ञासा राख्नुभएको थियो । समितिले आयोगका प्रमुख कार्य, सङ्गठन संरचना, उजुरी र अनुसन्धान प्रक्रिया, नीतिगत र कानूनी सुधार, आयोगको आगामी रणनीति र कार्यदिशाका बारेमा जानकारी लिन आयोग पदाधिकारीलाई आमन्त्रण गरेको थियो ।

प्रतिक्रिया