यी अभिनेत्रीमाथि आफ्नै श्रीमानले लगाए वेश्यावृत्तिको आरोप !

मनिषा थापा

एजेन्सी  :  भारतीय टेलिभिजन शो मध्येको सुपरहिट सिरियल ‘बडे अच्छे लगते है’बाट  चर्चा  पाएकी  सिरियलकी चर्चित अभिनेत्री चाहत खन्नाले आफूमाथि श्रीमानले चरम यातना दिने गरेको आरोप लगाएकी छन् ।

उनले आफ्ना श्रीमान फरहान मिर्जामाथि शारीरिक र मानसिक प्रताडनाको आरोप लगाएकी भारतीय मिडियाले जनाएका छन् ।

उनले यसअघि नै सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गराइसकेकी छन् । आफूले सम्बन्ध विच्छेद गर्न चाहे पनि श्रीमान तयार नभएको बताएकी उनले भनिन्, ‘कुनपनि हालतमा म उनीसँग रहन सक्दिन ।’

‘ममाथि शारीरिक शोषण मात्र होइन आर्थिक र मानसिक शोषण पनि भएको छ। मेरा श्रीमानले ममाथि वेश्यावृतिको आरोप लगाएका छन्।’  उनले भनिन् । उनीहरुको २०१३ मा विवाह भएको थियो भने उनीहरुका दुई छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू