रणवीर सिंह र करिनाकी सोतेनी छोरी सारा अभिनित फिल्म ‘सिम्बा’को ट्रेलर रिलिज (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘सिम्बा’को ट्रेलर रिलिज भएको छ ।अजय देवगनको ‘सिंघम’सँग जोडिएको कथामा आधारित यस फिल्ममा अजय देवगनको पनि अभिनय रहेको छ । फिल्ममा अजय र रणवीरका अलवा सार अली खान, सोनु सूद, आशुतोष राना, अर्शद वरसी, सिद्धार्थ जाधवलगायतको मुख्य भूमिका रहेको छ ।

रोहित शेट्टीको निर्देशनमा बनेको यस फिल्मा करण जोहार र रोहितकै लगानी रहेको छ । फिल्म डिसेम्बर २८ मा प्रदर्शनमा आउँदैछ ।

ट्रेलरमा देखाइए अनुसार रणवीरले एउटा लोभी प्रहरी इन्स्पेक्टर भालेरावको भूमिका निभाएका छन् जो पैसामा बिक्छ। रणवीर यो चलचित्रबाट पहिलो पटक प्रहरीको भूमिकामा देखिदैछन्। तीन मिनेट लामो ट्रेलरमा साराअली खान केवल केही सेकेन्ड मात्र देखिएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू