र्यापर निर्णय श्रेष्ठको दुरुस्तै डुप्लिकेट को हुन् यी व्यक्ति [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। र्याप क्षेत्र होस् या सामाजिक क्षेत्र निर्णय श्रेष्ठको नाम कुनै नौलो नाम होइन। २००५ मा उनले यो गीत पहिलो पटक आफ्ना दर्शकको लागि रिलिज गरेका थिए।

त्यति बेला अहिलेको जस्तो अनलाइन सुबिधा थिएन। उनको यो गीत क्यासेटमा नै सिमित थियो। जति पुरानो उति राम्रो गीत अहिले रिमेक भर्सनमा आएको छ। यो गीत निर्णय कै ‘निर्णय एनएसके’ नामक युट्युब च्यानलमा अपलोड गरिएको छ।

१३ वर्ष पछी रिमेक भर्सनमा आएको गीत निर्णय श्रेष्ठ र प्राश्ना शाक्यको आवाजमा रहेको छ। यस गीतम संस्कृती झल्काउन खोजिएको छ। साथै यस गीतमा विदेशिन बाध्य अनि प्रियसीको सम्झनाले सताउने दृश्य समावेश गरिएको छ।

निर्णय कै संगीत र शब्दमा रहेको यस गीतको भिडियोको निर्देशन मिमो श्रेष्ठले गरेका छन्। श्रेया कार्की र सुशान्तको दमदार अभिनय रहेको यस गीतको छायांकन बुद्ध थापा र टिमले गरेका हुन्। भिडियोमा सम्पादन बिकाश धमला र यारेंज भने रुपेन्द्र भैद्यले गरेका हुन्।

२००५ मा यो गीत ‘म नेपाली एनएसके स्टाइल’ एल्बममा समाबेश गरिएको थियो भने अहिले ‘एक नेपाली एनएसके स्टाइल’ एल्बममा समाबेश गरिएको छ। यस गीतका निर्देशक मिमो श्रेष्ठले नै यो गीत रिमेक गर्नु पर्छ भनेर प्लान गरेका हुन्। उनकै प्रस्तावमा यो गीत रिमेक गर्न निर्णय मानेका हुन्।

निर्णय श्रेष्ठ र मिमो श्रेष्ठ हेर्दा उस्तै देखिन्छन्। उनीहरुको ड्रेस अप एखी लिएर हिड्ने बस्ने हाउभाउ दुरुस्तै छ। मिमो भन्छन् ,’निर्णय दाईबाट नै म यो ड्रेस अप गर्न प्रेरित भएको हुँ। घरमा गाली गर्नु हुन्छ यो पुरानो फेसन किन लगाएको भनेर तर मलाई येही नै मन पर्छ।’

निर्णयको ड्रेस अप मा रातो क्याप र सेतो धजा छुट्दैन। उनको ड्रेस कोद भनेकै यहीँ नै हो। उनले लागेको ड्रेसकॉर्थ पनि छ। रातो र सेतो कपडाले शान्ति र भाइचाराको संकेत गर्छ। त्यसैकारण पनि उनले आफ्नो ड्रेसमा यी दुई कलर कहिले पनि छुटाउदैनन।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू