विप्लव समूहका जनसरकार प्रमुख भनिएको ढकाल पक्राउ

admin

परासी, ६ भदौ: नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो । ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका पनि छन् ।

प्रतिक्रिया