वैदेशिक रोजगारीमा जाने ह्वात्तै घटे

admin

काठमाडौं, असार ३१: वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ। आर्थिक वर्ष २०७४(७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार दक्षिण कोरिया र मलेसिया जाने कामदार सबैभन्दा धेरै घटेका छन्।

मलेसिया जाने कामदारको संख्या गत वर्षको तुलनामा ९४.६ प्रतिशत घटेको छ। चालू आवको पहिलो १० महिनामा पाँच हजार तीन सय ५३ जना मात्र मलेसिया गएका छन्। नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियामा गत वर्ष ९९ हजार दुई सय ३६ कामदार रोजगारीका लागि गएका थिए। मलेसियासँग श्रम सम्झौता गरी व्यवस्थितरूपमा कामदार पठाउने भने पनि भिसा प्रोसेसिङ तथा स्वास्थ्य जाँच गर्ने कम्पनीको निर्क्योल हुन नसक्दा १३ महिनादेखि कामदारले मलेसियाका लागि प्रक्रिया अघि बढाउन पाएका छैनन्।

नवीकरण भएका र पहिले नै भिसा प्राप्त गरिसकेका मात्र मलेसिया रोजगारीमा गएका हुन् । दक्षिण कोरिया जाने कामदारको संख्या भने चालू आवको अन्तिम महिनामा सुधार भएको ईपीएस कोरिया शाखाले जनाएको छ। कोरिया जाने कामदारको संख्यामा गत वर्षभन्दा सुधार भएको छ।

प्रतिक्रिया