शरीर भरि आगो लागेर आर्थिक अभावले हस्पिटलमा छटपट्टिदै यी ८ वर्षिया बालिका (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भगवतीटार, मादी गाउँपालिका वडा नं १२ घर भएकी ८ वर्षिया बालिका सिमा खत्रीको शरीरको आधा भाग डढेको कारण उपचारका लागि काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पतालमा ल्याइएको छ। पुष २६ गतेको दिन स्कुल जान तयार भएकी सिमाको लुगामा आगोले टिपेको कारण यस्तो भयानक घटना घटेको हो।

उनको ४ वर्षिया भाईले भान्छामा रहेको अगेनामा कार्टुन हालेर आगो बढ्न गई नजिकै बसेकी छोरी जलेको आमा मिना खत्री बताउँछिन्। मिनाको अनुसार, सीमाको दाइने हात अनुहार बाहेक अरुसबै जलेको छ। शरीरमा आगो सल्किएपछि सिमा र उनको भाई चिचाएपछि उनले थाहाँ पाइन्। उनी पुग्दा छोरीको ज्यानमा भित्रको भेस्ट मात्रै बाँकी रहेको थियो।

सिमाकी आमा कहालीलाग्दो त्यो दिन सम्झिदै भन्छिन, ‘आगोले सिमा बलिरहेकी थिइन् मैले हेर्न सकिन जसोतसो जेठाजुको छोरीले लुगा च्यातेपछि आगो निभ्यो।’ पहिला उनले छोरीलाई गण्डकीको अस्पतालमा लगिन तर उपचार सम्भब नभएर पोखराको मनिपाल अस्पताल लानुपर्यो। त्यहाँ केहि दिन उपचार पछि घाउ निको पार्न डाक्टरले काठमाडौँको सुश्मा कोइराला मेमोरियल अस्पतालमा लान सुझाब दिए। अहिले उनी छोरीको उपचार सुश्मा कोइराला मेमोरियल अस्पतालमा गराईरहेकी छिन्।

५ हजार मात्र साथमा बोकेर गण्डकी देखि राजधानी आएकी मिनालाई अहिले उपचार गर्न हम्मे हम्मे परेको छ। अहिले उनको दिनमै ७ देखि ८ हजारसम्म खर्च हुने गर्छ। उनका श्रीमान पेशाले एक ड्राईभर हुन्। उनको साहुले ३० हजार सहयोग स्वरूप दिएका थिए जुन उनको उपचारका लागि केहि दिन मै खर्च भयो। देशविदेशमा भएका उनका आफन्तहरुले पनि थोरै थोरै गरेर केहि आर्थिक सहयोग गरिरहेका छन् तर अझ पनि उपचारको लागि रकम पुग्न सकेको छैन। ८ वर्षीय सिमा होशमा त छिन् तर राम्ररी बोल्न सकेकी छैनन्। छोरीको यस्तो पीडादायी अवस्था र रकमको अभावका कारण मिना अहिले निकै पिरोलिएकी छिन्। उनले भक्कानिदै उपचारको लागि सहयोगको अपिल पनि गरेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू