शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन नगर्न चितवनका एसएसपीलाई ज्ञानेन्द्र शाहीको आग्रह

मनिषा थापा

पिएनपिखबर : पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका रवि लामिछानेका समर्थकहरुले ३ दिन देखि रिहाई माग गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएता पनि प्रदर्शनकारीहरुको निरन्तर नारा लगाउने क्रम जारी छ। यसैबीच रविलाई समर्थन गर्न पुगेका अभियान्ता ज्ञानेन्द्र शाहीसँग रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुले आफुहरु माथि दमन भएको गुनासो गरेका छन्।

उक्त आन्दोलनको भिडियो खिचिरहेका पत्रकारहरुको क्यामरा समेत् प्रहरीले जफत गरी हिरासतमा राखेको छ। यस विषयमा बोल्दै शाहीले भने, ‘समाजमा भएको हरेक घटनालाई उजागर गर्ने पत्रकारहरुको क्यामरा खोस्ने देखि कुटपिट गर्ने प्रहरीको कार्य जाहेज छैन। पत्रकारमाथि भएको दुर्व्यहारको घोर भर्सना गर्दै भोलि आयोजना हुने शान्तिपूर्ण र्यालीमा छलफल गर्नेछौ।’

यसको साथै उनले चितवनका एसएसपीलाई शान्तिपूर्ण आन्दोलन आयोजना गर्दा प्रहरी दमन नगर्न आग्रह गरेका छन् । शाहीले शान्तिपूर्ण र्यालीमा सहभागि हुन् चितवनबासीलाई अनुरोध गरे।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू