सन्चिता लुइँटेल अभिनित चलचित्र आरोपको दोश्रो गीत ‘ए मन’ सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : दिलासा क्रियसनको ब्यानरमा र अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप”को “ए मन” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज रहेको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । बिजय पाठक र दिनेश राउतले निर्माण गरेको यस फिल्मलाई खिचेका छन् बिरेन्द्र भट्टले । सानू कुमार महर्जनको द्वन्द रहेको छ यस फिल्ममा ।

फिल्ममा कमल राईको नृत्य रहेको छ भने एस के अधिकारीको गीत साथै एस के अधिकारीकै संगीत रहेको छ र उनलाई संगीतमा साथ दिएका छन् गणेश चौधरीले । फिल्ममा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।

चलचिध आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने निमार्ण पक्षले बताएको छ र अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको पनि बताइएको छ । युवा युवतीहरु विचको त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा ,युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ ।

हेर्नुहोस भिडियो सहित :

प्रतिक्रिया