सन्ताउन्न करोड महसुल उठाउन बाँकी

रिता घिसिंग

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रले ग्राहकसँग ५७ करोड महसुल उठाउन बाँकी रहेको छ । प्राधिकरणले ५७ हजार ८६५ ग्राहकसँग चालू आव २०७५÷७६ को चैत मसान्तसम्म उक्त महसुल उठाउन बाँकी रहेको छ ।

केन्द्रका प्रमुख गजेन्द्रकुमार चौधरीका अनुसार बाराको ग्रामीण क्षेत्रमा विद्युत् चोरी हुने गेको छ । जिल्लामा ४५ देखि ५० प्रतिशतसम्म विद्युत् चुहावट हुँदै आएको छ । प्राधिकरणले आव २०७४÷७५ को वैशाखसम्म विद्युत् चुहावट गर्ने ९३१ जनालाई कारवाही गरी रु एक करोड १४ लाख असुल गरेको छ । प्राधिकरणले बक्यौता नतिर्ने ४३० ग्राहकको लाइन काटेर रु तीन करोड असुल गरेको छ ।

यस्तै प्राधिकरणले बाराका विभिन्न औद्योगिक प्रतिष्ठानसँंग बाँकी रहेको रु दुई करोड ८४ लाख महसुल उठाउन सकेको छैन । जिल्लाको सिमरौनगढ, पिपरपाती, पचरौता, बेनौली, पचुरवा, रामनगर, लक्षमनवा, तेलगाईलगायत ग्रामीण क्षेत्रमा विद्युत् चुहावट नियन्त्रणमा आउन सकेको छैन । रासस

प्रतिक्रिया