सबिता माताको गलत भबिष्यवाणीको कारण पिडित झनै पिडामा

मनिषा थापा

काठमाडौँ: पछिल्लो समय माता-ज्योतिषका एक पछि अर्को काण्ड बाहिरीरहेका छन। राजधानी लगायत देशैभरि मनलाग्दी रेट राखेर ज्योतिष-माताको नाममा बिरामीहरुलाई ठग्ने प्रवृत्ति मौलाउदै गैरहेको छ। हचुवाको भरमा फलादेश बताई आफुलाई चर्चामा ल्याउन प्रयत्न गर्नेहरुको पनि कमि छैन यहाँ। यस्तैमा एक माताको फलादेशको कारण एक मृगौला पिडितले अनाहकमा बिभिन्न समस्या झेल्नुपरेको छ ।

मृगौला पिडित एक व्यक्ति मृगौला प्रत्यारोपण गराइसकेपछि आफुलाई अलौकिक माता बताउने सबिता सरु शर्मा आचार्यको कारण समस्यामा परेको खुलासा भएको छ । डोटी स्थाई घर भएका हाल उपचारको क्रममा काठमाडौँ बस्दै आएका पिडित घरको अवस्था र स्वास्थ्य अवस्था बुझ्न मताकोमा जादा उनले दोश्रो पटक अप्रेसन गर्नुपर्छ भनेपछि तनाबमा रहेका पिडितले चिकित्सकसँग बुझ्दा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पाइसकेपछि भने तनाबमुक्त भएका छन ।

सबिता माताकोमा स्वास्थ्य अवस्था बुझ्न जाँदा तुरुन्तै अप्रेसन गर्नुपर्ने फलादेश बताएपछि आत्तिएको अवस्थामा माताकोमा पुगेका पत्रकारलाई पिडितको अन्तर्वार्ता लिन स्वयम् माताले नै आग्रह गरेपछि सहयोग रकम जुटाउन अन्तर्वार्ता दिएको उनले बताएका छन । आमाले मृगौला दिएपनि १०-१२ लाख खर्च भैसकेको अवस्थामा अझै खर्च लाग्ने भएपछि छाँगाबाट खसेजस्तै भएका पिडितले रुदै सहयोगको अपिल पनि गरेका छन। तर मृगौला प्रत्यारोपण गरेका पिडितले आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी पाएपछि भिडियोको कारण समस्यामा परेको भन्दै भिडियो हटाउन हामीलाई आग्रह गरेका छन।

भिडियो हटाउन आग्रह गर्दै पिडित भन्छन, ‘हजारौ व्यक्तिको भबिष्यवाणी मिलाएको भनि युट्युबमा माताको भिडियो हेरेपछि बिश्वाश गरेर एकपल्ट गल्ति गरिहाले। तर माताको भर हुदैन रहेछ, अब देखि माता -ज्योतिषमा विश्वास  गर्दिन। एकपटक भिडियो हटाइदिनुहोस मलाई आफन्तले चिन्ता गर्दै फोन गरेर जवाफ दिन नसक्ने अवस्थामा पुगिसके।’ भिडियोको कारण बिभिन्न देशबाट स्वास्थ्य बारे सोध्ने र परिवारबाट पनि चिन्ता गरेको कारण भिडियो हटाउन आग्रह गरिसकेपछि हामीले पिडितको भिडियो हटाइदिएका छौ।

यसबारेमा पीडितले मातासँग कुरा गर्दा चिनेको मिडियामा भिडियो हटाइदिने प्रतिबद्धता समेत दिएको उनले बताए। पिडितको डोटीमा आमा-बुबा, श्रीमती र एउटी छोरी रहेको उनी आफैले बताएका छन । फलो-अपको लागि काठमाडौँको शिक्षण अस्पतालमा गईरहेको समेत उनले जानकारी दिए । उनले माता-ज्योतिषको विश्वाश गरेर हतासमा कुनै पनि कदम नचाल्न सर्वसाधारणलाई समेत आग्रह गरेका छन।

प्रतिक्रिया