सानैमा आमाबाबुले छाडेर गएपछि पढ्नकै लागि होटेलमा भाडा माझेर पैसा जुटाइरहेकि यी १४ बर्षीय बालिका [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। सबिना अर्याल उमेरले भर्खर पन्ध्र वर्षको लाग्दैछिन् तर उनी यत्ति बुझकी र ज्ञानी छिन् कि उनी परिपक्क भैसकिन् जस्तो लाग्छ। हुन त उनी उमेरले सानै छिन् तर व्यवहारले निकै परिपक्क छिन्।

सानैमा टुहुरो भएको कुरा उनले भर्खरै थाहा पाएकी हुन्। उनी सानो छँदा आफ्नो ठुलीआमासँग बस्ने गर्थिन्। रामेछापको एक गाउँमा कक्षा ८ सम्म पढेर उनी थप शिक्षाको लागि ठिमी, भक्तपुरमा आइन्। एता पनि उनी आफन्तकोमा नै बसेकी छिन्। गाउँको पढाई अलिक कम्जोर भएकोले उनले एता फेरी कक्षा ६ मा भर्ना भईन्। अहिले उनी कक्षा ८ मा पढ्दै छिन्।

उनी सानै हुँदा उनको आमाबुबाक निधन भएको थियो . यो कुरा उनलाई भर्खर थाह भएको उनले बताइन् । एक्कासी  बिरामी भएर गाउँमा जाँदा उनलाई आफ्नै आफांतले टुहुरी भएको जानकारी दिएका थिए ।

आफन्तकोमा बस्दा उनलाई लज्जित महसुस हुन्छ। त्यसैले उनी बिहान बेलुका समय मिलाएर होटलमा भाडा माझ्न जान्छिन्। उनको परिश्रम बापत उनले हजार रुपैया पाउछिन्। यहिँ रकमले उनी कहिले खाजा खान्छिन् त क्कहिले पढाईको खर्च बेहोर्छिन।

हुन त उनलाई आफ्नो आमाबुबा नभएको भनेर थाहा भइसकेको छ। तर उनी ही जोसँग बस्छिन् उनीहरुलाई चाही सबिनालाई आफ्नो आमाबुबा छैन भन्ने कुरा थाहा छैन भन्ने छ। उनले यस अन्तर्वार्ता मार्फत नै आफ्नो ठुलोममी र ठुलोबाबासँग माफी माग्दै भनिन् ,’बाबा ममी मलाई माफ गरिदिनुस। मैले मेरो आमाबाबा हुनुहुन्न भनेर थाहा पाइसके। ‘

उनलाई नाच्नमा एकदम रुचि छ। उनलाई चर्चित कलाकार प्रियंका कार्की जस्तै बन्न मन छ। अहिले उनको आर्थिक अवस्था कम्जोर भएकाल उनले डान्स क्लास जान पाएकी छैन। कसैको सहयोग पाए उनी डान्स सिकेर डान्स क्षेत्रमा केहि गर्न चाहन्छिन्। भविष्यमा उनको एउटै लक्ष्य छ र त्यो हो चर्चित डान्सर बन्नु।

उनी हाल जुन घरमा बस्छिन सोहि घरको पारिवारिक माहोल पनि उनलाई सुहाउदो लाग्दैन। पहिलाको हिसाबमा केहि सुध्रिए पनि पारिवारिक माहोलले उनको पढाई र मानसिक अवस्थामा असर पार्ने उनी बताउछिन्।

हेर्नुहोस् सबिनासँग गरिएक मार्मिक कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू