साला काठमाण्डुमा शिशिरको यस्तो दर्दनाक हालत [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। ठेलामा मःमः बेच्ने गायक भनेर चिनिएका गायक कपिल पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । साला काठमाण्डु बोलको गीतले काठमाण्डु शहरको वास्तविकतालाई दर्शाएको छ ।

काठमाण्डुमा हराउंदै गरेको मानवता, बेरोजगार, प्रेममा धोकालाई मुख्य बिषय बनाएर निर्माण गरिएको भिडियोमा चर्चित युटुबर, कलाकार तथा भिजे शिशिर भण्डारीले निकै नै मनछुने अभिनय गरेका छन् ।

सन्तोष खनालको निर्देशनमा तयार भएको गीतमा स्मारिका खनाल, प्रभात लामा, लक्ष्मण अधिकारीको पनि अभिनय रहेको छ । वाई.पी घिमिरेले गीतलाई खिचेका हुन्।

उनको गायकीको यूट्यूबमा चर्चा भएपछि उनी एकाएक चर्चित भएका थिए । उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन् । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगीत रहेको छ ।

काठमाडौैमा सपना बोकेर आउने युवा र उनले काठमाडौंमा पाउने असफलता र दुख झल्काउने गीतमा शिशिर भण्डारीले एक कथाकथित पात्रको भूमिका निर्वाह गरेका छन् । काठमाडौंमा पाएको असफलतामा निराशा व्यक्त गर्न ‘साला काठमाण्डुमा’ भन्ने शब्द राखिएको कपिलको भनाइ छ ।

प्रतिक्रिया