सुनचाँदीको भाउ घट्यो

रिता घिसिंग

काठमाडौं : आज बिहीबार सुनको भाउ झन् घटेको छ। हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुइ सय रुपैयाँले घटेर ५९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आईतबार सुनको भाउ ६० हजार ७ सय रुपैयाँ रहेको थियो।

आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७०० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदीको मूल्य ७०५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया