सुरक्षाको हिसाबले कति खतरनाक छ भाइरल ‘फेस एप’ ? तथ्य जान्नुहोस (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सामाजिक संजालमा आजभोलि ‘फेस एप’ तीव्ररुपमा भाइरल भईरहेको छ। छोटो समय मै यसको लोकप्रियता निकै बढेको छ।

उक्त ‘एप’प्रयोगकर्ताले आफ्नो अनुहारलाई वयस्क र बुढो बनाएर सामाजिक संजालमा आफ्नो तस्बिर शेयर गरिरहेका छन्। तर अहिले भने यो एपबाट गोपनियतामा जोखिम आउने कूराहरु पनि बाहिरिएको छ।

यसै प्रसङ्गलाई लिएर पिएनपिखबरसंग कुराकानी गर्दै साइवर सुरक्षा जानकार सरोज लामिछानेले भने, ‘यो रमाइलोको लागि प्रयोग गरिने सामान्य ”एप’ हो। गोपनियताको कूरा गर्नुपर्दा प्राय सबै एपले प्रयोगकर्ताको भएको डेटा लिएर जाने गर्छ।’ उनले सकेसम्म यस्ता एपहरु नचलाउन र सामाजिक संजालमा डेटा राख्दा ध्यान दिन आग्रह गरे।

उनले भने, ‘ ‘फेस एप’ले मात्र हैन फेसबुक, इन्स्त्राग्रामले पनि हाम्रो व्यक्तिगत डेटा लिईसकेको हुन्छ जसकारण कुनै पनि एप डाउनलोड गर्दा त्यहाँ दिएको नियमलाई राम्ररी ध्यान दिनुपर्छ।’

सन् २०१७ मा पहिलोपटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए। त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)’ का साथ अहिले फेरी भाइरल भएको हो। विश्वका केही चर्चित स्टारसहितका कयौ प्रयोगकर्ताले ‘ओल्ड फिल्टर’ मार्फत यसको प्रयोग नै गरेका थिए।

बाँकी हेर्नुहोस भिडियोमा

प्रतिक्रिया