स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु, दुई जना घाइते

admin

दाङ, मंसिर २७ :दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा१२च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । दुईजना घाइतेको कोहलपुर उपचार भैरहेको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् ।

प्रतिक्रिया