हलिउड स्टार आर्नोल्डमाथि एक व्यक्तिद्वारा लात्ती प्रहार, भिडियो भयो भाइरल (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : हलिउड स्टार आर्नोल्ड स्वार्जनेगरमाथी एक व्यक्तिले लात्ती प्रहार गरेका छन्। साउथ अफ्रिकाको स्यान्डतयल कन्भेसन सेन्टरमा आयोजित आर्नोल्ड स्पोर्टस् फेस्टिभलमा उनीमाथि पछाडिबाट एक व्यक्तिले लात्ती प्रहार गरेका हुन्।

चलचित्र ‘टर्मिनेटर’ बाट निकै ख्याती कमाएका ७१ वर्षीय आर्नोल्डको उक्त घटनाको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भईरहेको छ।
भिडियोमा उनी आफ्ना फ्यानहरुको बीचमा बसेर खेलाडीहरुले डोरी खेलिरहेको क्षणलाई कैद गरिरहेको देख्न सकिन्छ।

त्यसको केही समयमै पछाडिबाट आएका एक अपरिचित व्यक्तिले उनलाई लात्ती हानेका छन्। पछि ती व्यक्तिलाई त्यहाँ रहेका एक बडि बिल्डरले नियन्त्रणमा लिएको पनि दृश्य कैद भएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू