हिटर ताप्दा ध्यान दिन अत्यन्तै जरुरी छन् यी कुराहरु…

मनिषा थापा

जाडो वा चिसोबाट बच्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग जानिएन भने स्वास्थ्यमा असर पर्ने मात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले हिटर प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

  • हिटरबाट उत्पन्न हुने कार्बन मोनोक्साइड ग्यास स्वास्थ्यका लगि हानिकारक हुने भएकोले कोठा बन्द गरेर हिटर बाल्नु हुँदैन ।
  • हिटरलाई बेला-बेलामा बन्द गरी प्रयोग गर्नुपर्छ । प्रयोग नभएको समयमा झनै यसलाई सधैँ बन्द गर्न आवश्यक छ । राति सुत्ने बेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ ।
  • हिटरको तापक्रमले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखा पर्छन् । त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन ।
  • बालबालिकाको नजिक हिटर कहिल्यै राख्नु हुँदैन ।
  • मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नु हुँदैन ।
  • मनतातो पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित
    हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ ।
  • आगोले टिप्ने वस्तु हिटरअगाडि वा नजिक राख्नु हुँदैन ।

प्रतिक्रिया